ट्रम्पलाई बधाई दिँदै देउवाले भने : तपाईंको कार्यकालमा सम्बन्ध अझ प्रगाढ हुनेछ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका हुन्।

उनले लेखेका छन्, ‘डोनाल्ड ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई। मलाई विश्वास छ कि तपाईंको कार्यकालमा नेपाल र अमेरिकाको बीचको सम्बन्ध अझ प्रगाढ हुनेछ।’ ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास सभापति देउवाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *