खाली गाग्री बोकेर हर्क काठमाडौं आइपुगे, धरानका नेताहरूले भने- ‘यो स्टन्ट मात्र हो।’

धरानमा पानीको अभाव सुरू भएसँगै मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं पुगे। उनले मंगलबार खानेपानी मन्त्रीसँग भेटेर कोशी नदीबाट पानी ल्याउन बजेटको माग गरे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न भने सफल हुन सकेनन्।

 

धरानमा बर्खाको समयमा प्रशस्त खानेपानी उपलब्ध भए पनि हिउँदमा सधैं अभाव हुने समस्या यसपटक जाडोमा नै देखा परेको छ। यो समस्या वर्षौंदेखि कायम रहँदै आएको हो। स्थानीय अगुवाहरूले भने मेयर हर्कको यो प्रयासलाई केवल ‘स्टन्ट’ का रूपमा व्याख्या गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *